‘कर्मसियल बैंकको तरलता मेन्टेन गर्न सकेमा बजेटको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने’, अध्यक्ष,गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर्मसियल बैंकको तरलता कायम गर्न सकेमा बजेटको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताएका छन् । आर्थिक पत्रकार संघले आयोजना गरेको ‘बजेट कार्यान्वयनका चुनौती र तिनका समाधान’ का विषयमा गरेको भर्चुअल छलफलमा बोल्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रलाई चलायमान बनाउनको निम्ति तत्काल कोभिड– १९ विरुद्धको खोपको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्