जर्मनीले प्रदान गरेको सहयोग युरोपेली प्रयासको एक हिस्सा : नेपालका लागि जर्मनी राजदुत, सेफर
जर्मनीले नेपाललाई कोभिड– १९ विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई भेन्टीलेटर, मास्क, अक्सिमिटर, ५ आइसोलेसन सेन्टर टेन्ट, गमबुट र किटनाशक औषधिहरु हस्तान्तरण गरेको छ । राजदूत रोल्यान्ड सेफरले यो सहयोग युरोपेली प्रयासको एक हिस्सा भएको बताउदै अत्यन्त आवश्यक ठाउँमा उक्त सामग्रीहरु पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्