आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई प्राथमिकता दिने : मन्त्री, तामाङ
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ विरुद्धको खोप फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रकालाई पनि प्राथमिकतामा दिइने बताएका छन् । नेपाल खेलकुद महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्रीले खेल क्षेत्र र अन्य रोगको उपचार सहज बनाउनेमा लागिरहेको बताए । ज्ञापनपत्रमा महासंघले खेलाडी र खेल क्षेत्रका लागि काठमाडौंमा ५ हजार र प्रदेश, जिल्लामा आवश्यकता अनुसार खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्