संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार बुलन्द आवाज उठाउने
नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले स्थानीय र प्रदेशको अधिकारको लागि आफुले बुलन्द आवाज उठाउने बताएका छन् । बुधबार राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणपछि संञरकर्मीलाई प्रतिक्रिया दिदै संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार नपाएको बताए । उनले नेपालको लोकतन्त्र र संविधानसमेत ओझेलमा परेको भन्दै टिप्पणी गरका छन् । पाण्डे नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
प्रतिक्रिया दिनुहोस्