व्यवसाय बन्द गराइरहे कहिल्यै उठ्न नसक्ने, आर्थिक अवस्था पनि कमजोर : अध्यक्ष, दुलाल
नेपाल अटोमोबाइल्स् डिलर्स एशोसियसनका अध्यक्ष कृष्णप्रसाद दुलालले असार मसान्तसम्ममा सामान्य अवस्थामा पुर्याउने गरी बिस्तारै लकडाउनलाई खोल्दै लानुपर्ने बताएका छन् । यसरी व्यवसाय बन्द गराइरहेमा कहिल्यै उठ्न नसक्ने भन्दै उनले आर्थिक अवस्था कमजोर हुने बताए । सरकार आफ्नो ठाँउबाट कोरोना नियन्त्रणमा अग्रपंङ्तिमा खटिएको बेलामा नागरिक पनि सुरक्षित हुनका लागि आफैमा जिम्मेवार हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्