कर्मचारी स्थायी भएकाले मुलुक कस्ताे बनाउने उनिहरूकाे हातमा हुन्छ,मन्त्रि पहाडी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडीले कर्मचारीहरु स्थायी सरकार भएकाले मुलुकलाई कस्तो बनाउने भन्ने कर्मचारीको हातमा हुने भन्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पहाडीले यस मन्त्रालय अन्र्तगत राष्ट्रिय गौरवका आयोजनाहरु जोडिने भएकाले निर्धारित समयमा काम सम्पन्न गर्ने, लागत बढ्न नदिने र त्यसको गुणस्तरीयता कायम गर्ने कुरामा ध्यान दिएर काम गरेमा प्रतिफल राम्रो हुने बताए ।
प्रतिक्रिया दिनुहोस्