गण्डकीमा ढल्यो मुख्यमन्त्री गुरूङको सरकार, पक्षमा २७, विपक्षमा ३० मत १ जना तटस्थ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए । मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्