छुटाउनै नहुने आजका मुख्य ११ खबर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पाउन दिएको दुईदिने अल्टिमेटम आज सकिएको छ। प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुने दाबी गरेका छन्। माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति नजुटे विचार मिल्ने दलहरुसँग सहकार्य थाल्ने निर्णय गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्तासमीकरण नटिक्ने ठोकुवा गरेका छन्। देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० जनामात्रै रहेको छ।
प्रतिक्रिया दिनुहोस्