छुटाउनै नहुने आजका मुख्य ११ खबर
काठमाडौं। प्रधानमन्त्री प्रचण्डले मंगलबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी समृद्धि र राष्ट्रियताको पहरेदार भएको दाबी गरेका छन्। राप्रपाले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ। जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
प्रतिक्रिया दिनुहोस्