गृहमन्त्रीको चेतावनी, सुरक्षा अधिकारीहरूले आफूखुसी नेता भेटे कारबाही हुन्छ काठमाडौं। सुरक्षा निकायका पदाधिकारीले अबदेखि आफुखसी नेता तथा कुनै देशका राजदूत भेटन नपाउने भएका छन्। यदि कसैले राजनीतिक पार्टीका नेताहरुलाई भेट्नै परे विभागीय स्वीकृतिसमेत लिनुपर्ने छ। कर्तव्यपालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरिएको पाइएको भन्दै गृह मन्त्रालयले उनीहरुसँग भेट्न अनिवार्य स्वीकृति लिनुपर्ने निर्देशनसहितको विज्ञप्ति जारी गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्