मिटरब्याज पीडितको समर्थनमा उत्रिए रवि लामिछाने
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुलाई भेट्न टंगाल पुगेर आफू पीडितहरुको साथमा रहेको बताए।सरकारले पीडितहरुको माग तुरुन्त समाधान गर्नुपर्ने बताएका छन्। उनले भने,‘समर्थन र विरोध भन्दा पनि समाधानको पहल गर्न आएको हुँ,’। न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्