गाडीको ठक्करबाट चितवनमा एकको मृत्यु
<p>आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो।</p>
<p>ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।</p>
<p>ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।</p>
<p>उनको पहिचान खुलेको छैन। रासस</p>
प्रतिक्रिया दिनुहोस्