कमल थापाले भने-‘प्रधानमन्त्रीको सम्बोधनले सबै विषय समेटेको छ।’

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले कोरोना महामारीविरुद्ध सरकारको नीति र कदम ठीक रहेको बताएका छन्।

ट्वीटमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै थापाले प्रधानमन्त्री ओलीले गरेको सम्बोधन सुनेको र सबै विषय समेटिएको प्रतिक्रिया दिएका छन्।

“सम्बोधन अनुसार काम पनि होस्। अझै समन्वय कमजोर छ। चेन अफ कमाण्ड मिलेको छैन”, उनले लेखेका छन्।

अपवाद बाहेक सरकारको निर्णय र कदमलाई जनताले साथ दिएको थापाको भनाइ छ।

भोलि पनि साथ दिने भन्दै 'राम्रो काम होस् जनताले साथ दिनेछन्' भनेका छन्।

प्रतिक्रिया दिनुहोस्