संकटको बेला पनि आर्थिक विकासलाई गति दिन सरकार क्रियाशीलः प्रधानमन्त्री ओली

काठमाडौं। कोभिड–१९ को कारण संकट उत्पन्न भएको अवस्थामा पनि देशको आर्थिक विकासलाई गति दिन सरकार क्रियाशील रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरुको निर्माण कार्य जारी राखिएको बताए।

त्यसैगरी, सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरिरहेको पनि बताएका छन्।

उनले भनेका छन्, “म विश्वास दिलाउन चाहन्छु– सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार तपाइँहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ।”

सरकारले कामदारको स्वास्थ्य सुनिश्चित गरेर दैनिक उपभोग्यवस्तुका उत्पादनका उद्योग र ठूला परियोजनाका काम सञ्चालन गर्न सक्ने निर्णय गरेको थियो।

महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको प्रधानमन्त्री ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्