कोरोना भाइरस टेस्टिङ बुथ राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरी सेती प्रादेशिक अस्पताललाई एउटा बुथ हस्तान्तरण गरेको छ।
अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले बुथ सुरक्षाका हिसाबले राम्रो भएको बताए। उनले टेस्टिङ बुथलाई आजबाट प्रयोगमा ल्याउने बताए।
केन्द्रका वैज्ञानिक सुमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक सहयोग तथा काइचो ग्रुप र आरएएन फार्वेस्टको प्राविधिक सहयोगमा बुथ तयार गरिएको बताए। उनले स्थानीय स्रोत र साधन प्रयोग गरेर करिब ७० हजार लागतमा ३ दिनमा बुथ तयार गरेको बताए।
बुथले पीपीर्इको खपत कम गर्ने बताउँदै बुथमा उनले स्वास्थ्यकर्मीलाई अक्सिजनको कमी नहोस् भनेर एक्जिस्टिङ पंखा, रातिको समयमा बिरामी जाँच गर्न मिल्ने नाइट लाइट, स्वास्थ्यकर्मीले बिरामीसँग कुरा गर्न मिल्ने अडियो सिस्टम लगायतको सुविधा रहेको जानकारी दिए।
" />कोरोना भाइरस टेस्टिङ बुथ राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरी सेती प्रादेशिक अस्पताललाई एउटा बुथ हस्तान्तरण गरेको छ।

">