नवनियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट लिए शपथ
काठमाडाैं। नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ ग्रहण गराएका छन्।

आज सर्वाेच्च अदालतमा आयाेजित कार्यक्रममा अधिकारीले प्रधानन्यायाधीश राणाबाट सपथ लिएका हुन्।

अधिकारीलाई २४ चैतमा बसको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।

गभर्नरले पदबहाली गर्नुअघि प्रधानन्यायाधीबाट शपथ ग्रहण गर्ने कानुनी व्यवस्था नेपाल राष्ट्र बैंक ऐनमा छ।

अधिकारी पाँच वर्षे कार्यकालका लागि गभर्नरमा नियुक्त भएका हुन्। नेपाल राष्ट्र बैंकमै ३० वर्ष सेवा गरेर अवकाश भएका अधिकारी यसअघि नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए।

नवनियुक्त गभर्नर अधिकारीले आजै बालुवाटरस्थित नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यलय पुगेर पद बहाली गर्ने कार्यक्रम रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्