सीमापारिका क्‍वारेन्टाइनमा २१४७ नेपाली, नेपालका क्‍वारेन्टाइनमा ७०० भारतीय <p>काठमाडौं। घर फर्कनका लागि भारतका विभिन्&zwj;न ठाउँबाट आएका तर लकडाउनका कारण नेपाल प्रवेश गर्न नपाएका दुई हजार १४७ जना नेपाली सीमावर्ती क्षेत्रमा भारततर्फको क्&zwj;वारेन्टाइनमा बसेका छन्।</p> <p>आज राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले यो आँकडा सार्वजनिक गरेका हुन्। त्यसैगरी करिब ७०० जना भारतीय नागरिक सीमाक्षेत्रका नेपाली क्&zwj;वारेन्टाइनमा बसिरहेका छन्।</p> <p>&quot;नेपालमा लकडाउन सुरु भएपछि नेपाल-भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीले भोग्नु परेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ,&quot; प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, &quot;संक्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ। भारत सरकारसँग समन्वय गरी सीमाको पारिपट्टि रहनुभएका नेपालीलाई उतै र वारिपट्टि रहेका करिब ७०० &nbsp;भारतीय नागरिकलाई हाम्रै क्&zwj;वारेन्टाइनमा राखेका छौं।&quot;</p> <p>लकडाउनलाई प्रभावकारी बनाउन र संभावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उपाय अपनाएको उल्लेख गर्दै प्रधानमन्त्रीले निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर पारिका नेपालीलाई देशभित्र भित्र्याइनेसमेत बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्