भक्तपुरका ७०० विपन्न परिवारलाई उद्योग परिसंघको खाद्यान्न सहयोग
<p>भक्तपुर। नेपाल उद्योग परिसंघले लकडाउनको कारण दैनिक गुजारा गर्न समस्या भइरहेका भक्तपुरका विपन्‍न परिवारलाई खाद्यान्‍न सहयोग गरेको छ।</p>
<p>परिसंघका अध्यक्ष सतिशकुमार मोर र उपाध्यक्ष राजेशकुमार अग्रवालले भक्तपुर क्षेत्रका ७०० परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।</p>
<p>दाल, चामल, नुन, तेललगायत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको परिसंघले जनाएको छ।</p>
<p>कोभिड-१९ फैलिन नदिन देशैभर गरिएको लकडाउनका कारण दैनिक ज्यालादारीमा गुजारा गर्ने न्यून आय भएकाहरूलाई राहतस्वरूप परिसंघले यसअघि पनि विभिन्न प्रदेशमा खाद्यान्‍न उपलब्ध गराएको छ।</p>
प्रतिक्रिया दिनुहोस्