गभर्नर अधिकारीले बालुवाटार पुगेर गरे पदबहाली
<p>काठमाडौं। नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाबाट सपथ ग्रहण गरे लगत्तै बालुवाटार स्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालय पुगेर पद बहाली गरेका छन्।</p>
<p>अधिकारीलाई २४ चैतमा बसको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।</p>
<p>अधिकारी पाँच वर्षे कार्यकालका लागि गभर्नरमा नियुक्त भएका हुन्। नेपाल राष्ट्र बैंकमै ३० वर्ष सेवा गरेर अवकाश भएका अधिकारी यसअघि नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए।</p>
<p>गभर्नरमा अधिकारीको नियुक्तिमा बैंक वित्तीय क्षेत्रका व्यक्तिहरूले खुशी व्यक्त गरेका छन्। </p>
प्रतिक्रिया दिनुहोस्