यसका साथै, आर्थिक रुपमा सबल रहेका राष्ट्र र पश्चिमा देशहरुले बजारमा पर्ने मूल्यभन्दा बढी मूल्य तिरेर पनि पीपीईलगायतका मेडिकल सामग्री लैजाने गरेका छन्।
नेपालले तिर्ने भन्दा बढी मूल्य आउने भएपछि चीनबाट धेरैजसो मेडिकल सामग्री सिधै युरोप र अमेरिका निर्यात गरिन्छ।
अध्यक्ष घिमिरेका अनुसार चीनबाट मेडिकल सामग्री ल्याउँदा केही घन्टामा सामान किन्न/नकिन्ने निर्क्योल गर्नुपर्छ।
त्यसमा ढिलाई गरे सामान पाउनै कठिन छ। अनि ती सामान किन्नलाई ह्याण्ड क्यास नै चाहिन्छ।
पीपीईको एक्लो स्रोत चीन
चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ यतिबेला विश्वव्यापी महामारी बनेको छ।
महाशक्ति अमेरिकादेखि युरोपका देश नै कोरोना भाइरस संक्रमणबाट आक्रान्त छन्।
सोहीकारण, युरोपेली मुलुक र अमेरिकाले कोरोना भाइरसविरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री निर्यात गर्ने अवस्था छैन।
“युरोप र अमेरिका आफैँ पीपीईलगायत अन्य मेडिकल सामग्री चीनबाट आयात गरिरहेका छन्”, घिमिरेले भने, “त्यताबाट नेपालमा सामान ल्याउने कुरै भएन।” त्यसमाथि यूरोप र अमेरिकामा निर्मित पीपीईको महंगो मूल्य र नेपालसम्म आइपुग्न लाग्ने समय छँदैथियो।
यसबाहेक कोरोना भाइरस संक्रमणविरुद्ध लड्न भारतले सम्पूर्ण मेडिकल सामग्रीको निर्यातमा प्रतिबन्ध लगाएको छ।
सिटामोल निर्यातमा समेत प्रतिबन्ध लगाएको भारतबाट पीपीई आयात गर्ने सम्भावना छैन।
सोहीकारण चीन पीपीईलगायत कोरोना भाइरस संक्रमणविरुद्ध लड्न आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीको एक्लो बजार बनेको छ।
नेपाल मात्र नभई पुरै विश्व पीपीईसहित सबै प्रकारका स्वास्थ सामग्री चीनबाटै आयात गरिरहेको छ।
कति पर्छ पीपीईको मूल्य ?
विश्वबजारमा गुणस्तरका हिसाबले चार प्रकारका पीपीईको सेट पाइन्छ। एक सेट पीपीईमा गाउन, पञ्जा, मास्क, चस्मा, क्याप, शू कभर र भाइजर हुन्छ।
जसमध्ये आईसियूमा लगाइने पीपीई सबैभन्दा राम्रो (लेभल-४) गुणस्तरको हुन्छ। यसको मूल्य अहिलेको अवस्थामा नेपाली बजारमा सात हजारदेखि नौ हजार रूपैयाँसम्म पर्छ।
यस्तै, लेभल-३ पीपीईलाई नेपाली बजारमा पाँच हजार, लेभल-२ लाई तीन हजार ५००, लेभल-१ लाई दुई हजार ५०० रूपैयाँ पर्ने केमिकल एण्ड मेडिकल सप्लायर्स संघले बताएको छ।
यो मूल्य विदेशबाट किनेर नेपालमा ल्याएपछि ढुवानी भाडा र व्यवसायीले राख्ने २० प्रतिशत नाफा जोडेपछिको हो।
तर, अहिले अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले प्लेन चार्टड गरेर स्वास्थ्य सामग्री ल्याउनुपर्छ। त्यसरी ल्याउँदा उल्लिखित मूल्यभन्दा ३० प्रतिशतसम्म बढी पर्न जान्छ।
पीपीईको मूल्यअनुसार गुणस्तर पनि कम हुने गरेको छ। पीपीईमध्ये हाल नेपालमा बन्दै आएको पीपीईको गुणस्तर लेभल- १ भएको संघले जनाएको छ।
तर, नेपालमा बनेका पीपीईको कुनै मूल्य तोकिएको छैन। किनकी, उत्पादकहरुले नेपालमा बनाएको पीपीई सरकारलाई सित्तैमा हस्तानान्तरण गर्दै आएका छन्।
संघका अनुसार नेपालमा बन्ने पीपीई भनेको एम्बुलेन्स चालक, स्टेचर बोक्ने कर्मचारी र सरसफाई गर्ने कर्मचारीले लगाउन मिल्छ।
संघका महासचिव सिताराम कार्कीले नेपालमा पीपीईको बजार भाउ ९ हजारभन्दा माथि जान नसक्ने बताए।
“नेपालमा यतिबेला निजी क्षेत्रले पीपीई बेचिरहेको छ जस्तो लाग्दैन”, उनले भने, “पीपीई पाउनै मुस्किल छ।”
तर, कसैले महामारीभन्दा पहिल्यै युरोप र अमेरिकाबाट आयात गरेको भए त्यसको मूल्य ९ हजारभन्दा माथि पनि हुन सक्ने उनले बताए।
" />यसका साथै, आर्थिक रुपमा सबल रहेका राष्ट्र र पश्चिमा देशहरुले बजारमा पर्ने मूल्यभन्दा बढी मूल्य तिरेर पनि पीपीईलगायतका मेडिकल सामग्री लैजाने गरेका छन्।

">