काठमाडौं। सरकारले राष्ट्र बैंकको गभर्नरमा उपयुक्त व्यक्ति नियुक्त गरेको भन्दै राष्ट्रि योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लले सरकारको निर्णयको प्रशंशा गरेका छन्।
२४ चैतमा सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो।
माक्रोब्लगिङ साइट ट्वीटरमा उनले लेखेका छन्, “राष्ट्र बैंकको नयाँ गभर्नरमा सरकराले उपयुक्त पात्र चयन गरेको छ।”
अधिकारी व्यवसायीक रूपले दक्ष र व्यक्तिगत रूपले असल रहेको वाग्लेले बताएका छन्।
कोरोना संकटको दौरान र पछिको उत्थानमा मौद्रिक/बैंकिङ नीतिको निकै ठूलो भूमिका हुने भएकाले त्यसका लागि महाप्रसाद उपयुक्त पात्र भएको वाग्लेले बताएका छन्।
केन्द्रिय बैंकमा ३० वर्ष काम गरेको अनुभव भएका अधिकारी डेपुटी गभर्नरबाट अवकाश भएका थिए। त्यसपछि उनी नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।
वित्तीय क्षेत्रमा नियमन र सुपरिवेक्षणमा गहिरो ज्ञान र क्षमता भएका व्यक्तिको रूपमा महाप्रसाद अधिकारीले आफ्नो छवी बनाएका छन्।
अधिकारीले आजै केन्द्रिय बैंकमा पुगेर गभर्नरको पद बहाली गरेका छन्।
" /> काठमाडौं। सरकारले राष्ट्र बैंकको गभर्नरमा उपयुक्त व्यक्ति नियुक्त गरेको भन्दै राष्ट्रि योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लले सरकारको निर्णयको प्रशंशा गरेका छन्।२४ चैतमा सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो।

">