गभर्नरको पहिलो निर्णयः वित्तीय क्षेत्रमा कोभिड–१९ को दुस्प्रभाव अध्ययन गर्न समिति गठन
काठमाडौं। कोभिड–१९ ले वित्तीय क्षेत्रमा पारेको दुस्प्रभाव अध्ययन गर्न राष्ट्र बैंकले अध्ययन समिति बनाएको छ।

राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टको संयोजकत्वमा अध्ययन समिति बनाएको भट्टले जानकारी दिए।

नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद बहाली गर्दा पहिलो निर्णयमार्फत अध्ययन समिति गठन गरेका हुन्।

उक्त समितिमा राष्ट्र बैंकको अनुसन्धान, नियमन, सुपरिवेक्षण, विदेशी विनिमय, भुक्तानी प्रणाली विभागका प्रमुख र नेपाल बैंकर एशोसिएशनका अध्यक्ष समेत रहने गरी अध्ययन समिति बनाइएको छ। उक्त समितिको सदस्य सचिवमा अनुसन्धान विभागका निर्देशकलाई तोकिएको छ।

समितिले एक महीनामा प्रारम्भिक प्रतिवेदन बुझाउने र नीतिगत रूपमा नियमित अध्ययनमा रहने कार्यादेश तोकिएको भट्टले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्