काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने भएको छ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लड्न सरकारले पर्याप्त तयारी गर्न नसकेको भन्दै कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको हो।

आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरूको बैठकले मानवीय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

सरकारका कमिकमजोरीहरूऔंल्याउने तर, अहिलेको बेलामा सरकारमा सँगै नरहेर पनि सरकारलाई संकटमा साथ दिने निर्णय भएको शर्माले बताए। “सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने भावनाका साथ नेपाली कांग्रेस पार्टीले सरकारलाई हरसम्भवले सघाउने भन्ने निर्णय पनि आजको बैठकले गरेको छ”, उनले भने।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रूपमा परीक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ।

पीपीई, भेन्टीलेटर, परीक्षण किट लगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न समेत सरकारलाई आग्रह गरेको प्रवक्ता शर्माले बताए।

“नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण रूपले घचघच्याउने, सरकारले परीक्षणको दायरा व्यापक रूपमा बढाएर जानुपर्ने बैठकले आवश्यकता महसुस गरेको छ। सरकारलाई त्यसका लागि अपील गरेको छ”, कांग्रेस प्रवक्ता शर्माले भने, “पीपीई, परीक्षण किट, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्रीहरूको अपर्याप्तता जे छ त्यसलाई चाँडोभन्दा चाँडो सरकारले जुन प्रकृयाले हुन्छ व्यवस्थापन गर्नलाई आजको बैठकले अपील गरेको छ।”

स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरूलाई पनि मानवीय भावनाले काम गर्न बैठकले आग्रह गरेको उनले बताए। बैठकले लकडाउन ठूलो जोखिमबाट बच्नका लागि भएकाले सबैलाई ढाडसका साथ उभिन आग्रह समेत गरेको छ।

“स्वास्थ्य सामग्री खरिदमा भएको जे अनियमितता छ, जे भ्रष्टाचार छ, त्यसलाई छानविन गर्ने र कारबाही गर्ने भन्ने कुरा पनि नेपाली कांग्रेस पार्टीले सरकारलाई, सम्बन्धित निकायलाई अपील गर्ने भन्ने पनि निर्णय गरेका छौँ”, शर्माले भने, “र, सँगै सम्पूर्ण रूपले सरकारलाई साथ दिएर हरसम्भव सघाउने र हर नागरिकले समेत सरकारले निर्माण गरेका रणनीतिलाई, सम्बन्धित निकायले बनाएका रणनीतिहरूलाई साथ दिएर संकटमा सबै एकठाउँ उभिने भन्ने निर्णय यो बैठकले गरेको छ।”

कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठेरोमा परेका नेपालीहरूलाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ। त्यस्तै ज्यालादारी श्रमिकहरूलाई राहत पर्याप्त नभएको, शहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरूलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ।

बैंकबाट २० लाख रूपैयाँसम्म ऋण लिएर व्यवसाय गर्नेहरूलाई कम्तीमा तीन महीनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनुपर्ने, २० लाख भन्दा माथिको ऋण लिएकाहरू, पर्यटन व्यवसायीहरूको ब्याजदरमा छुट दिनुपर्ने लागयतको व्यवस्था गर्न समेत माग गरेको छ। कृषि क्षेत्रमा काम गरेकाहरूलाई ढाडस दिने विषयमा समेत बैठकले सरकारलाई आग्रह गरेको प्रवक्ता शर्माले बताए।

विज्ञ समूह गठन गरिने

कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समूह गठन गर्ने निर्णय समेत गरेको छ।

पार्टीले गर्दै आएको सचेतनाको काममा विज्ञ समूहले परामर्श दिएको आधारमा निर्णय गर्दै जाने प्रवक्ता शर्माले बताए।

“पदाधिकारीको बैठकले एउटा विज्ञ समूह निर्माण गर्ने, यो सन्दर्भमा विषयगत रूपले एउटा विज्ञहरूको समूह निर्माण गर्ने र पार्टीले अहिलेसम्म जुन रूपमा सचेतनाको सन्दर्भमा कार्य गरिरहेको छ, अब विज्ञ समूहको परामर्शमा थप व्यवस्थित बनाउने निर्णय भएको छ”, शमाले भने।

पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँनगर क्षेत्रमा निर्वाचित भएका र उम्मेदवार भएकाहरू, जिल्ला कार्य समितिको नेतृत्वदेखि टोलसम्मको नेतृत्वमा रहेका सबैलाई आ–आफ्नो ठाउँबाट उच्च मानवीय भावनाकासाथ काम गर्न निर्देशन दिइएको समेत प्रवक्ता शर्माले बताए।

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण संकटको बेला सँगै लड्न सरकारलाई सहयोग गर्ने भएको छ।

"> कोभिड-१९ विरुद्धको लडाइँमा सरकारलाई साथ दिने कांग्रेसको निर्णय: Dekhapadhi
कोभिड-१९ विरुद्धको लडाइँमा सरकारलाई साथ दिने कांग्रेसको निर्णय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्