काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।
केहीबेरअघि शुरू भएको बैठकमा नेताहरू सामाजिक दूरी कायम गर्दै सहभागी छन्।
बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट कोभिड-१९को विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम तथा उपलब्धिबारे बैठकलाई जानकारी गराएका उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
लकडाउनपछि पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो।
नेकपा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरूले बैठकको माग गर्दै आएका थिए।
बैठकमा काेभिड-१९ नियन्त्रणका लागि सरकारले गरेका काम र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ। स्वास्थ्य उपचारमा सरकारले गरिरहेको काम, थप जोखिम हुन नदिन गर्नुपर्ने सजगता लगायत विषयमा पनि छलफल हुनेछ।
यसैगरी, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भनि बाहिरिएका खबर र खरिदका लागि सेनालाई जिम्मा दिने सरकारको निर्णयको विषय पनि नेताहरूले बैठकमा उठाउने बुझिएको छ।
सचिवालय बैठकअघि आज बिहान प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।केहीबेरअघि शुरू भएको बैठकमा नेताहरू सामाजिक दूरी कायम गर्दै सहभागी छन्।

">