काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा ¥यापिड कीटमार्फत् परीक्षणलाई बढाइने भएको छ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडीटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजिटिभ देखिए पीसीआर मेसिनबाट परीक्षण गर्ने निर्णय गरेको हो।
बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरू डोटी, अछाम, जुम्लालगायतका जिल्लामा पनि सघनरूपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए।
समितिको बैठकले सबै खालका आपूर्तिहरू र विशेष गरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाइका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको विडारीको भनाइ छ।
यस्तै स्वास्थ्य सामग्रीहरूको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानूनबमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा बैठकमा छलफल भएको छ।
स्वास्थ्य सेवा विभागले प्रक्रियागतरूपले खरिद गर्ने कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत् सरकार– सरकार (जीटुजी) मार्फत् प्रत्यक्ष खरिद गर्ने प्रक्रिया अगाडि बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको विडारीले जानकारी दिए।
त्यस्तै विदेशमा रहेका कुटनीतिक नियोगसँग समेत समन्वय गरेर सामान ल्याउने निर्णय पनि बैठकले गरेको छ। सचिव विडारीले कोभिड–१९ को संक्रमणका कारण अर्थतन्त्रमा पार्ने असरका विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गरिरहेको जानकारीसमेत दिएका छन्।
बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरूको विषयमा पनि समीक्षा भएको थियो। कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरूलाई सेवा दिन देशैभर एक हजार ९३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको सचिव विडारीले जानकारी दिए।
" /> काठमाडौं। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा ¥यापिड कीटमार्फत् परीक्षणलाई बढाइने भएको छ।कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडीटी पद्धतिबाट शीघ्र परीक्षण गर्ने र त्यसबाट पोजिटिभ देखिए पीसीआर मेसिनबाट परीक्षण गर्ने निर्णय गरेको हो।

">