काठमाडौं। सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कडाइ गरेको छ।
अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ थालेको हो।
आज मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५१० वटा दुई पाङ्ग्रे र ३५ वटा चार पाङ्ग्रे गरी जम्मा ५४५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ।
भित्रि क्षेत्रको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ। कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्ने सवारी साधन दिनभर नियन्त्रणमा लिएर बेलुका छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
काठमाडौं उपत्यकामा ११ चैत देखि पाँच हजर १९१ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विभिन्न मितिमा जारी गरेको पहेलो रङको सवारी पास अब थपिएको लक डाउन अवधिभर मान्य हुने भन्दै महाशाखालाई पत्राचार गरेकाले उक्त पासबाट नै अनुमति लिएका सवारी चल्न पाउने महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
अन्य एक दिने, तीन दिने वा अन्यथा लेखिएका पासहरू भने आजकै मितिबाट खारेज गरेको जनाइएको छ। पास भएकाले पनि तीव्र गतिमा सवारी गुडाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने गरेको भेटिए पनि निगरानी गरेर कारबाही गर्न थालिएको छ।
" /> काठमाडौं। सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले कडाइ गरेको छ।अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाइ थालेको हो।

">