काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा कोभिड–१९ को महामारीसँग लडिरहेको नेपालका निम्ति अबका दुई साता थप चुनौतीपूर्ण हुने बताए।
त्यसक्रममा उनले झन् धेरै सावधानी अपनाउनुपर्ने भएकाले अझै दुई साता धैर्य गर्न सम्पूर्ण नेपालीमा अपीलसमेत गरे।
कोरोना भाइरस संक्रमण (कोभिड–१९) अहिले विश्वको चुनौती बनेको छ। यसविरुद्ध लड्न सरकारले देश लकडाउन गरेको पनि दुई साता पुगेको छ। यो अवस्थामा प्रधानमन्त्रीले अबका दुई सातालाई थप चुनौतीपूर्ण किन देखे त ?
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यो अवधि कोरोना भाइरस संक्रमणको लक्षण प्रकट हुने अवधिमात्र नभई संक्रमण समुदायमा फैलिने उच्च जोखिमको समय पनि भएकाले सावधानी अपनाउन आह्वान गरेका थिए।
समुदायमा संक्रमणको स्थिति के छ भनेर पहिचान गर्न यसै साताबाट प्रयोगमा ल्याइएको र्यापीड डिटेक्सन टेस्ट किटले स्थिति पहिचान गर्न सघाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले त्यतिञ्जेल धैर्य गर्न आग्रह गरेका थिए।
यो चुनौती प्रधानमन्त्रीले मात्र देखेका छैनन्। जनस्वास्थ्य क्षेत्रका विज्ञहरू पनि नेपालका लागि यी दुई साता निकै संवेदनशील रहेको बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्की १५ चैतसम्म पनि छिमेकी मुलुक (भारत)बाट नेपालीहरू फर्कने क्रम यथावत् रहेकाले धेरै संक्रमित नभेटिइसकेको र उनीहरूमा संक्रमण भेटिने जोखिम रहेको बताउँछन्।
“१४ दिनसम्म लक्षण नदेखिएर त्यसपछि पनि लक्षण देखिन सक्ने अवस्था रहन्छ। पछिल्लो अनुसन्धानले त २१ दिनसम्म पनि लक्षण देखिन सक्ने देखाएको छ”, उनले भने, “धेरैजना संक्रमित भेटिन सक्ने उच्च जोखिम रहेकै कारण अगाडिका दिन चुनौतीपूर्ण छन्।”
सुदूरपश्चिमका नाकाबाट करीब डेढ लाख मानिस भारतबाट भित्रिए पनि निकै कम संख्या मात्र क्वारेन्टाइनमा रहेकाले त्यहाँ तीब्र परीक्षण गरेपछि मात्र संक्रमणको वास्तविक तस्वीर यकिन हुने उनले बताए।
भारतबाट संक्रमित भएर आएका कैलाली र कञ्चनपुरका एक÷एक जना अहिले उपचाररत छन्। कैलालीको धनगढीमै यूएईबाट आएका युवकमा संक्रमण भेटिएपछि उनको परिवारका एकजना सदस्यमा पनि संक्रमण भएको छ।
“परीक्षणको दायरा बढाउँदा धेरैमा कोरोना भाइरसको संक्रमण देखिन सक्ने जोखिम कायमै छ। संक्रमित देखिए भने उनीहरूसँग सम्पर्कमा रहेका मानिसहरू पनि जोखिममा पर्न सक्ने हुन्छ”, डा. कार्कीले भने, “त्यसैले पनि यो दुई साता संक्रमणको जोखिम उच्च छ।”
जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे पनि कैलाली, कञ्चनपुर र बाग्लुङमा शुरू भएको र्यापीड टेस्टबाट संक्रमित बढ्न सक्ने सम्भावना रहेको बताउँछन्।
“सरकारले संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ पनि गरिरहेको छ। अहिले देखिएका केस मात्रै छन् वा अन्य मानिसमा पनि सरेको छ भन्ने परीक्षणबाट खुल्छ”, उनले भने, “संक्रमित भेटिए सरकारले थप लकडाउन बढाउन सक्छ। यसले अत्यावश्यक वस्तुको दैनिक आपूर्तिमा पनि चुनौती हुने देखिन्छ।”
अहिले नदेखिएको संक्रमण केही दिनपछि देखिन सक्ने र संक्रमण देखिएका व्यक्तिहरूलाई पनि निको नहुँदासम्म आइसोलेसनमा राख्नुपर्ने भएकाले थप जोखिमपूर्ण हुने उनको बुझाइ छ। परीक्षणको दायरा फराकिलो बनाएर संक्रमितको उपचार र थप संक्रमण हुन नदिनेतर्फ ध्यान दिनुपर्ने उनले बताए।
“युरोप, अमेरिका लगायतका देशहरूको जस्तो भयावह अवस्था हुन्छ भन्ने त लाग्दैन”, उनले भने, “ती देशमा संक्रमितको संख्या उच्च र मृत्यु पनि धेरै भएकाले समस्या भएको हो। तर, यहाँ अहिले नै धेरै संक्रमित भइसकेको अवस्था छैन।”
भारतले जहिलेसम्म लकडाउन गर्छ त्यो बेलासम्म नेपालले पनि लकडाउन गर्नुपर्ने, भारतले छिटो लकडाउन हटाएपनि नेपालले सीमा क्षेत्रमा पुरै लकडाउन केही समय कायम राख्नुपर्ने उनको सुझाव छ। कोरोना भाइरस संक्रमणको परीक्षण दायरा बढाएर नतिजा नेगेटिभ आएकाहरूबाट कार्यालय, पसललगायतका काम गराउनुपर्ने र कोरोना भाइरसबाट मुक्त हुन लामो समय लाग्नसक्छ भन्ने हेक्का राखेर सुरक्षितरूपमा काम गर्ने योजना बनाउन जरुरी रहेकोे उनी बताउँछन्।
जनस्वास्थ्य विज्ञ शरद वन्त पनि अहिले संक्रमण बढिसकेको अवस्था नरहेको र परीक्षणको दायरा तीब्र बनाएलगत्तै त्यस्तो अवस्था देखिनसक्ने बताउँछन्। “अहिलेसम्म संक्रमण रोकिएको सरकारले दाबी गरे पनि आजसम्म संक्रमित भएकाहरूमा कोरोनाको लक्षण देखिन कम्तीमा दुई साता लाग्ने हुँदा पनि केही चुनौतीपूर्ण समय रहेको देखिन्छ”, उनले भने, “आयातितबाट संक्रमित भएको एउटा केस भेटिइसकेको छ। अहिले परीक्षण कम भएकाले पनि नदेखिएको होला। अब यो बढ्यो भने धेरै हुन सक्छ।”
अहिले मुलुकभर ३० हजार ५६६ जनालाई राख्न सकिने गरी क्वारेन्टाइन निर्माण गरिएको छ। तिनमा ९ हजार १६८ जना मात्र बसेका छन्। नेपालमा अहिलेसम्म कूल एक हजार ८९० जनाको मात्रै नमूना परीक्षण गरिएको छ, जसमध्ये नौ जनामा कोरोना भाइरसको सक्रमण भेटिएको छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा कोभिड–१९ को महामारीसँग लडिरहेको नेपालका निम्ति अबका दुई साता थप चुनौतीपूर्ण हुने बताए।त्यसक्रममा उनले झन् धेरै सावधानी अपनाउनुपर्ने भएकाले अझै दुई साता धैर्य गर्न सम्पूर्ण नेपालीमा अपीलसमेत गरे।

">