"> सुदूरपश्‍चिम प्रदेश: दुई हजार ४०८ जना क्‍वारेन्टाइनमा: Dekhapadhi
सुदूरपश्‍चिम प्रदेश: दुई हजार ४०८ जना क्‍वारेन्टाइनमा
कैलाली। कोभिड-१९ को दोश्रो चरणमा रहेको सुदूरपश्चिममा दुई हजार ४०८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
केन्द्रले आज सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बैतडीमा सबभन्दा धेरै ५१२ जनालाई क्वारेन्टाइनमा राखिएको जनाएको छ।
यस्तै कैलालीमा ४८७ जना, कञ्चनपुरमा १८१, दार्चुलामा १९७, डडेल्धुरामा १०७, डोटीमा ४२४, बझाङमा ३२४, अछाममा ५९ र बाजुरामा ११७ जनालाई क्वारेन्टाइनमा राखिएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ।
प्रदेशभर स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले पाँच हजार ४२ शय्याको क्वारेन्टाइन स्थापना गरेका छन्।
यस्तै केन्द्रले अहिले १० जनाको विभिन्न अस्पतालमा स्थापना गरिएको आइसोलेसनमा उपचार भइरहेको जनाएको छ, जसमा पाँचजनाको सेती प्रादेशिक अस्पताल, तीनजनाको डडेल्धुरा अस्पताल, डोटी र बाजुरा अस्पतालमा एक/एकजनाको उपचार भइरहेको केन्द्रले जनाएको छ।
प्रदेशभर अहिलेसम्म ४७ जना आइसोलेसनबाट डिस्चार्ज भएको प्रस्तुत तथ्यांकमा जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्