कञ्चनपुर। कञ्चनपुरमा कोभिड-१९ को र्यापिड टेष्ट शुरू भएको छ।
भीमदत्त नगरपालिकाको बैजनाथ माविमा रहेका ८५ जनाको र्यापिड डाइग्नोस्टिक कीट विधिबाट नमूना संकलन थालिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।
संघीय सरकारको निर्णयअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको संयोजकत्वमा कोभिड-१९ को र्यापिड डाइग्नोस्टिक कीट परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सदस्यहरूको टोली खटिएकाे छ।
बैजनाथ माविमा ५६ जना नेपाली र २९ जना भारतीय गरी ८५ जनालाई राखिएको छ। लकडाउन उल्लघंन गर्दै नेपाल प्रवेश गरेका नेपाली र भारत जान खोज्ने भारतीय नागरिकलाई प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर उक्त स्कुलमा राखेको हाे।
" /> कञ्चनपुर। कञ्चनपुरमा कोभिड-१९ को र्यापिड टेष्ट शुरू भएको छ।भीमदत्त नगरपालिकाको बैजनाथ माविमा रहेका ८५ जनाको र्यापिड डाइग्नोस्टिक कीट विधिबाट नमूना संकलन थालिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।

">