काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा गरेको सम्बोधन उनका अघिल्ला सम्बोधनहरूको तुलनामा केही सन्तुलित देखियो।
कोरोना भाइरसको संक्रमणसँग जुध्न सरकारले गरेको तयारी, स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा सरकारको आलोचना भइरहेको सन्दर्भमा आएको प्रधानमन्त्रीको सम्बोधनले सबै क्षेत्रलाई विश्वासमा लिने प्रयास गरेको देखिन्छ।
विश्व्यापी महामारी बनेको कोभिड–१९ले विश्वव्यापी रूपमा पारेको प्रभाव र ज्यान गुमाएका मानिसको संख्या उल्लेख गर्दै तथ्यांक प्रस्तुतीबाट शुरू भएको सम्बोधन कोभिड–१९ विरुद्धको लडाइँमा एकजुट हुन आह्वान गर्दै टुङ्गिएको थियो।
सम्बोधनमा प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ढाडस दिने र उनीहरूको मनोबल उकास्ने प्रयास गरे। उनले भने, “महामारी विरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ हो भन्ने हामीलाई थाहा छ।” सम्बोधनमार्फत् उनले कोभिड–१९ विरूद्ध अग्रपंक्तिमा रहेर लडिरहेका स्वास्थ्यकर्मीलाई सहज वातावरण बनाउने प्रयासमा सरकारले काम गरिरहेको बताए।
तर, सम्बोधनका क्रममा उनले भनेको एउटा कुरा भने अरु सबैभन्दा अर्थपूर्ण थियो। प्रधानमन्त्रीले भने, “सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियााैं भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरु छलफल र कामहरु त स्थिति सामान्य बनेपछि गरौँला नै!”
महामारीका बेला राजनीतिक संकेत गरेको उनकोको यो भनाईको अर्थ के हो?
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल भन्छन्, “संकटका बेला सबै एकजुट हुनुपर्छ भन्ने नै प्रधानमन्त्रीको सम्बोधनको मुख्य सन्देश हो। उहाँले संकटको बेला सत्तापक्ष, विपक्ष र दलभित्र र दलबाहिर पनि सबै एकजुट हुनुपर्छ भन्न खोज्नुभएको हो।”
सञ्चार माध्यमप्रति प्रायः कटाक्ष गर्ने प्रधानमन्त्री ओली यस पटक भने फरक देखिए। स्वास्थ्य सामग्री खरिद र भारतीय सीमानामा रहेका नेपालीका विषयमा सरकारको आलोचनात्मक सामग्री पस्किएका सञ्चार माध्यमलाई उनले भने, “स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरु जनसमक्ष पुर्यायाउन सञ्चार माध्यमहरुले खेलेको भूमिका सराहनीय छ। मेरो आग्रह छ, सङ्कटको बेलामा आशावादको, सङ्कटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरुले अझ जिम्मेवार भूमिका खेल्नुहोस्।”
रिमाल भन्छन्, “कतिपय विषयहरू व्यक्तिगत तुष्टि मेट्न र भ्रम सिर्जना गर्नका लागि पनि उठान हुने गरेको छ। संकटका बेला सहकालको जस्तो कुरा गर्नु हुँदैन भन्ने नै प्रधानमन्त्रीको सम्बोधनको सन्देश हो।”
प्रधानमन्त्रीले सम्बोधनमा नागरिक समाज, मिडिया, दलहरूको एकिकृत सहयोग आवश्यक परेको बताए, अनि सरकार र जनताबीच, राजनीतिक दलहरुबीच तथा राज्य र समाजका सबै अङ्गहरुबीच बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त भएको उल्लेख गरे। महामारी विरूद्धको लडाइँमा प्रधानमन्त्री कतै नदेखिएको भन्ने विपक्षी दलका नेताहरुको टिप्पणीतर्फ संकेत गर्दै उनले भने, “संसदको साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रुपमा लिएको छु। आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु।”
महामारीसँग जुध्नुपर्ने बेलामा सरकारका केही काम र निर्णयहरू कठोर हुन सक्ने सन्देश पनि प्रधानमन्त्रीले दिएका छन्। “यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न। जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानवजाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो”, उनले भने।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्, “प्रधानमन्त्रीको सम्बोधन मिश्रित कुराले भरिएको ब्यागजसरी आएको छ। उनको सम्बोधनलाई जुनसुकै कोणबाट अर्थ लगाउन सकिन्छ। त्यो ब्यागमा जे खोजे पनि भेटिन्छ।”
सम्बोधनमार्फत् प्रधानमन्त्रीले आफ्नो कुरा पनि भनेको र सबै क्षेत्रबाट सहयोग पनि मागेको पोखरेलले बताए। उनले भने, “महामारीको बेलामा व्यक्तिगत स्वतन्त्रता कमजोर हुनसक्छ पनि भन्नुभएको छ। अर्कोतर्फ, आलोचनात्मक स्वरहरूले सरकारलाई सहयोग नै गरेको छ पनि भन्नुभएको छ।”
प्रधानमन्त्रीले भनेका कुरा कति कार्यान्वयन हुन्छन् भन्ने महत्वपूर्ण रहेको पोखरेल बताउँछन्। “यो नै प्रधानमन्त्रीको अन्तिम सम्बोधन होइन। अर्को पटकको सम्बोधनमा अहिले भनेका कुराको रिपोर्ट कार्ड पेश गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने महत्वपूर्ण कुरा हो”, प्रा. पोखरेलको भनाई छ।
स्वास्थ्य सामग्री खरिद प्रकरणले सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई पनि प्रधानमन्त्रीले सम्बोधनमार्फत् जवाफ दिएका छन्। “अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ। सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन्। तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ”, उनले भनेका छन्।
तर, कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्नेगरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पनि प्रकट गरे।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, “सम्बोधनमाकुनै समस्या छैन। प्रधानमन्त्रीको समस्या कार्यान्वनयमा हो। उहाँ धेरै कुरा भन्नुहुन्छ, तर असाध्यै थोरै कार्यान्वयन गर्नुहुन्छ।”
“केपी ओली बोल्दा धेरैजसो असन्तुलित हुने गर्नुहुन्थ्यो, यस पटकको सम्बोधनमा सन्तुलित देखिनुभो। भ्रष्टाचारबाहेक अरू विषयमा सबै क्षेत्र एक ढिक्का भएर काम गर्ने बेला पनि हा यो”, उनले भने।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा गरेको सम्बोधन उनका अघिल्ला सम्बोधनहरूको तुलनामा केही सन्तुलित देखियो।कोरोना भाइरसको संक्रमणसँग जुध्न सरकारले गरेको तयारी, स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा सरकारको आलोचना भइरहेको सन्दर्भमा आएको प्रधानमन्त्रीको सम्बोधनले सबै क्षेत्रलाई विश्वासमा लिने प्रयास गरेको देखिन्छ।

">