कैलाली। काठमाडौंस्थित स्वास्थ्य मन्त्रालयमा संकलित सूचना र त्यसका आधारमा गरिएको विश्लेषणलाई आधार मान्ने हो भने सुदूरपश्चिम प्रदेश कोभिड-१९ बाट सबभन्दा जोखिममा छ। सुदूरपश्चिमको पनि 'हटस्पट' मानिएको छ धनगढी।
भारतबाट अनियन्त्रितरूपमा भित्रिएका नेपालीको ठूलो संख्या यही धनगढी हुँदै पहाडी जिल्लातर्फ लाग्यो। भारत मात्र होइन, खाडीलगायत मुलुकबाट फर्केको ठूलो संख्या धनगढीमै पनि छ।
अहिलेसम्म सुदूरपश्चिममा चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, जसमध्ये तीनजना कैलालीकै छन्। संक्रमित चारैजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
शुरूका दिनमा लकडाउनको उल्लंघनमा अगाडि देखिएको धनगढी अहिले जोखिम आकलन गरेरै हुन सक्छ, सुनसान छ। अत्यावश्यक काम नपरी मानिसहरू घरबाट बाहिर निस्कन छाडेका छन्।
लकडाउनको १५औं दिन, आज आकाशबाट हेर्दा धनगढी यस्तो देखियोः
" /> कैलाली। काठमाडौंस्थित स्वास्थ्य मन्त्रालयमा संकलित सूचना र त्यसका आधारमा गरिएको विश्लेषणलाई आधार मान्ने हो भने सुदूरपश्चिम प्रदेश कोभिड-१९ बाट सबभन्दा जोखिममा छ। सुदूरपश्चिमको पनि 'हटस्पट' मानिएको छ धनगढी।भारतबाट अनियन्त्रितरूपमा भित्रिएका नेपालीको ठूलो संख्या यही धनगढी हुँदै पहाडी जिल्लातर्फ लाग्यो। भारत मात्र होइन, खाडीलगायत मुलुकबाट फर्केको ठूलो संख्या धनगढीमै पनि छ।

">