संसदले जारी गर्यो कांग्रेस सांसद आलम निलम्बनको सूचना

काठमाडौं। हत्या आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलमलाई निलम्बन गरिएको छ।

आलममाथि रौतहटको इटाभट्टामा कार्यरत् मजदुरलाई १२ वर्षअघि जलाएर मारेको आरोप लागेको थियो।

संसद सचिवालयका सचिव भरतराज गौतमले उपसभामुख शिबमाया तुम्बाहाङफेसमक्ष सांसद आलमलाई राजपुर नगरपालिका, इद्रिसगेटस्थित निवासबाट कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको लागि पक्राउ गरिएको लिखित जानकारी गराएका छन्।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उप नियम ३ मा फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा थुनामा रहेको अवधिभर सांसदको हैसियतमा अधिकार प्राप्त नहुने उल्लेख छ।

नियमावलीले त्यस्ता सांसदको पारिश्रमिक र सेवा सुविधा स्थगित हुने व्यवस्था गरेको छ।

पढ्नुहोस्:

सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम

कांग्रेस सांसद आलम हत्याको आरोपमा पक्राउ

प्रतिक्रिया दिनुहोस्