काठमाडौं। सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत् कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उक्त सङ्ख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

कोभिड–१९ रोकथाम सम्बन्धमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको आजको बैठकले यातायात आवागमनलाई कडाइ र निगरानी कायम राख्दै अत्यावश्यक खाद्यवस्तुको आपूर्ति व्यवस्थालाई नियमित गर्ने निर्णय गरेको हो।

सरकारले जारी गरेको आदेशअनुरुप यातायात आवागमनलाई स्वाभाविक र सामान्य राख्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको उक्त बैठकले कोभिड–१९ नियन्त्रणका लागि चालेको कदमको समीक्षा गरेको थियो। यस रोग नियन्त्रण र रोकथामका लागि तत्काल आवश्यक पर्ने औषधि, स्वास्थ्य सामग्री प्रचलित कानूनको अधिनमा रही छोटो र छिटो विधिबाट खरिद प्रक्रिया अघि बढाएको छ।

सरकार–सरकारबीचको समन्वयमा त्यस्ता सामग्री प्राप्त गर्न स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा आवश्यक सङ्ख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत प्रक्रिया अघि बढाइएको छ। सरकारले स्वास्थ्य सेवा विभागबाट प्रतिस्पर्धाका आधारमा ल्याउने सामग्रीका लागि प्रक्रिया कायम नै राख्ने व्यवस्था मिलाएको छ। विदेशस्थित कूटनीतिक नियोगबाट पनि त्यस्ता सामग्री सहयोग प्राप्तिका लागि पहल हुने छ।

कोभिड–१९ को सङ्क्रमणबाट मुलुकको जनजीवन र अर्थतन्त्रमा पर्ने असर मूल्याङ्कन गर्न राष्ट्रिय योजना आयोगलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको सचिव बिडारीले जानकारी दिए।

एक लाख १४ हजारभन्दा बढीलाई राहत

हालसम्म कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनको स्थितिले अप्ठेरोमा परेका एक लाख १४ हजार ३१६ जनालाई सरकारले दैनिक अत्यावश्यक खाद्यान्नसहितको राहत उपलब्ध गराएको पनि सचिव बिडारीले जानकारी दिए। बन्दाबन्दीको स्थितिपछि विभिन्न मुलुकबाट नेपाल आएकासमेत गरी ३० हजार ५०६ अहिले विभिन्न क्वारेन्टाइनमा रहेका जानकारी दिइएको छ।

आवागमनसम्बन्धी सरकारले जारी गरेको आदेशको अवज्ञा गर्ने दुई हजार ६०० नागरिकलाई नियन्त्रणमा लिएर सचेत गराएको तथा आदेश उल्लङ्घन गरी चलाइएका दुई हजार २३५ सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको पनि सचिव बिडारीले बताए। रासस

" /> काठमाडौं। सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

"> दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै    : Dekhapadhi
दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्