काठमाडौं। ई-कमर्समा सबैभन्दा उत्कृष्ट प्रगति गरेको चीनमा एक वर्षमा हुने कुल खुद्रा (रिटेल) व्यापारमध्ये ३६.६ प्रतिशत व्यापार अनलाइनमार्फत् हुन्छ। रिटेल इन्साइट नेटवर्कका अनुसार सन् २०१९ मा चीनमा अनलाइनमार्फत् हुने खुद्रा खरिद बिक्री २७.३ प्रतिशतले बढेर कूल १.९३५ ट्रिलियन डलर बराबरको कारोबार भएको थियो।
चीनमा ई-कमर्सको सबैभन्दा ठूलो बादशाहको रूपमा चिनिन्छ, अलिबाबा ग्रुप। यसै वर्ष २०औं वार्षिकोत्सव मनाएको अलिबाबा ग्रुपले चीनमा हुने कुल ई-कमर्स व्यापारमध्ये आधाभन्दा बढी हिस्सा ओगटेको छ। सन् २०१९ मा अलिबाबा ग्रुपले चीनको कुल ई-कमर्स व्यापारमध्ये ५५.९ प्रतिशत हिस्सा ओगट्यो। अलिबाबापछि चीनमा लोकप्रिय ई-कमर्स हो, जेडी डटकम। सन् २०१९ मा जेडीले १६.७ प्रतिशत बजार हिस्सा ओगटेको रिटेल इन्साईट नेटवर्कले उल्लेख गरेको छ।
चीनमा ई-कमर्स फस्टाएको सन् २००२ पछि हो। जब चीनमा सार्सको महामारी फैलियो, त्यसबेला मानिसहरू धेरै हिँडडुल गर्न पाएनन्। त्यही बेला चिनियाँ कम्पनीहरूले खुद्रा व्यापारलाई प्रविधिको लेपन लगाइदिए। अनलाइनमार्फत् सामग्री अर्डर गर्ने र सोही अर्डरको आधारमा ग्राहकको घरसम्म सामग्री पुर्याउने व्यवसायको शुरूआत गरे। महामारीसँग आएको अवसर सदुपयोग गर्दा अहिले चीनको व्यापारिक क्रियाकलाप पूर्णतया प्रविधिमैत्री भएको छ।
बेलायत र अमेरिकाका कूल ग्राहकले भन्दा बढी चीनका ग्राहकले अनलाइनमार्फत् पैसा खर्च गर्छन्। चीन सरकारले पनि अनलाइन कारोबारलाई प्रोत्साहन गरेको छ।
चीनमा जुनसुकै बजारमा वीच्याट र अलिपेमार्फत् भुक्तानी हुन्छ। चिनियाँहरू तरकारीदेखि सुविधायुक्त सामग्रीसमेत वीच्याटबाटै भुक्तानी गरेर खरिद गर्छन्। चिनियाँ बजारमा सामग्री खरिदको लागि भौतिकरूपमा नोट बोकिरहनु पर्ने आवश्यकता हुँदैन।
सार्स महामारीको करीब १८ वर्ष पछाडि चीनबाटै शुरू भएको कोरोना भाइरस संक्रमणको महामारीले विश्वलाई नै आक्रान्त पारेको छ। कोभिड–१९ कै कारण करीब ५० हजार मानिसको ज्यान गएको छ भने यो रोगबाट संक्रमित हुनेको संख्या झण्डै १० लाख पुगेको छ।
नेपाल यतिबेला यही कोरोना भाइरस संक्रमको सन्त्रासको कारण लकडाउनमा छ। ११ चैतबाट शुरू भएको लकडाउन कहिलेसम्म जाने हो भन्ने निश्चित छैन। गाउँ र शहर सबै कोभिड–१९ का कारण त्रसित छन् र मानिसहरू घरभित्रै कैद भएका छन्।
महामारीको यो अकन्टक संकट भए पनि यसले सँगै केही अवसर पनि बोकेर आएको छ। सन् २००२ मा चिनियाँ कम्पनीहरूले आफ्नो व्यापारलाई ‘डिजिटाइज’ गरे जस्तै अवसर यतिबेला नेपालमा आएको छ।
लकडाउनका कारण मानिसहरू घरभित्रै बस्नुपर्ने बाध्यता भएका कारण सरकारले पनि डिजिटल भुक्तानीका माध्यमलाई सरलीकरण गरेर व्यापकता दिन प्रोत्साहन गरिरहेको छ। नेपालको केन्द्रीय बैंकले सर्कुलर नै जारी गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई विद्युतीय भुक्तानीको माध्यमलाई बढावा दिन निर्देशन दिएको छ।
ई–कमर्स सेवा दिनका लागि नेपालमा अहिले अलिबाबा ग्रुपको लगानी रहेको दक्षिण एशिया क्षेत्रमा व्यवसाय गर्ने दराज डटकमले व्यवसाय विस्तार गरिरहेको छ। त्यसैगरी, पहिलो पटक ई–कमर्स व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको सस्तो डिलले पनि आक्रामक रूपमा बजार विस्तार गरिरहेको छ। त्यसबाहेक फुडमाण्डु, मुञ्चा, मेट्रो तरकारी, मेरो किराना स्टोर, नेपबे, सपमाण्डु जस्ता दर्जनौ ई–कमर्स कम्पनी खुलेका छन्।
अर्कोतर्फ, प्रविधिको तिब्रतर विकासले पनि नेपालमा ई–कमर्स कम्पनीको लागि सहज वातावरण बनाइरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार, ७२ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ। त्यसमध्ये मोबाइल ब्रोडव्याण्ड चलाउने ५६ प्रतिशत छन्। सस्तो मूल्यमै स्मार्ट फोनको उपलब्धताले ई–कमर्सलाई अझै सहज वातावरण बनाइदिएको छ।
अहिले नै अनलाइन माध्यमबाट खरिद बिक्रीमा सहभागी नभए पनि मानिसहरूलाई त्यसतर्फ जाने सचेतना भने बढाएको सूचना प्रविधि विज्ञ एवं प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अली बताउँछन्।
नेपालमा ई–कमर्स व्यवसायको लागि मुख्यगरी तीनवटा विषय अन्तरसम्बन्धित रहेको उनले बताए। पहिलो, प्रविधि र पूर्वाधार। यसका लागि नेपाल सहज अवस्थामा रहेको उनको भनाइ छ। “सूचना प्रविधिको क्षेत्रमा नेपालमै पनि राम्रो जनशक्ति छ। विदेशका ठूला कम्पनीले प्रयोग गरेको प्रविधि नेपालले अपनाउन पनि सक्छ। ई–कमर्सका लागि नेपालमा यो सजिलो पक्ष हो”, उनले भने।
तर, ग्राहकको सचेतनामा भने अझै धेरै मेहनत गर्न बाँकी रहेको उनको विश्लेषण छ। “ई–कमर्सका लागि नेपालमा तीन खालका ग्राहक छन्। युवा पुस्ता विदेशका विकसित देशमा जस्तै किनमेलको अभ्यास चाहन्छन्। संयुक्त परिवारमा बस्ने संस्कार भएको कारण बजारमा पनि सँगै जाने र छानीछानी सामान किन्नुपर्छ भन्ने सोचाई भएका मान्छे पनि छन्। अर्को एउटा समूह ई–कमर्सलाई विश्वास नै नगर्ने खालका छन्।” विदेशको जस्तै किनमेलको संस्कृति चाहने युवा मात्रै पनि ई–कमर्स व्यवसायका लागि पर्याप्त ग्राहक भएको उनको विश्लेषण छ।
सूचना प्रविधिसँग सम्बन्धित नीति विज्ञ मनोहर भट्टराई अहिले ई–कमर्स कम्पनीहरूका लागि विश्वास जित्ने अवसर भएको बताउँछन्। “ई–कमर्स कम्पनीहरू क्षमतायुक्त हुँदा महामारीका बेला पनि आर्थिक गतिविधि सुचारू रहन्छ। अहिले मानिसहरू घरमै बसेको बेलामा अनलाइनमार्फत् सामग्री मगाउने र ई–कमर्स कम्पनीहरूको परीक्षण गर्न सक्ने बेला पनि हो। सामान नमगाए पनि ती कम्पनीहरूलाई घरमा बसेका मान्छेले ध्यान दिएका हुन्छन्”, भट्टराईले भने।
तर, उपभोक्ताको हित संरक्षाण्मा पनि ई–कमर्स कम्पनीहरूले ध्यान दिनुपर्ने उनले बताए। अनलाइन माध्यमबाट सामान मगाउँदा पनि ठगिइन्न र गुणस्तरीय सामान नै आउँछ भन्ने विश्वास दिलाउन सक्नु नै मुख्य चुनौती रहेको उनले बताए।
प्रभावकारी नियमन नहुँदा पनि ई–कमर्सप्रति ग्राहकको विश्वास बढ्न नसकेको उनको भनाइ छ।
सस्तो डिलका संस्थापक अमूल थापा पनि ई–कमर्सलाई नियमन गर्ने प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने बताउँछन्। “एउटा कम्पनीका कारण ई–कमर्स क्षेत्र नै बदनाम हुनुपर्ने अवस्था छ। राम्रो काम गरिरहेकाहरूले पनि नराम्रो कामको दोष बोक्न बाध्य छन्। प्रभावकारी नियमन हुँदा यस्ता समस्या रहँदैनन्”, थापाले भने।
डेलिभरी मुख्य समस्या
नेपालमा ई–कमर्स व्यवसायको लागि सबैभन्दा ठूलो चुनौती नै डेलिभरी हुने गरेको छ। ई–कमर्स कम्पनीहरूको सबभन्दा ठूलो लगानी सामानको डेलिभरीमै हुने गरेको सञ्चालकहरू बताउँछन्।
सूचना प्रविधि विज्ञ भट्टराई पनि लजिस्टिक नै नेपाली बजारको सबभन्दा ठूलो समस्या रहेको तर्क गर्छन्।
“भौगोलिक कठिनाइका कारण पनि डेलिभरीमा समस्या हुने गरेको छ”, सस्तो डिलका संस्थापक अमूल थापा भन्छन्, “सोलुखुम्बुबाट रेफ्रिजेरेटर, वासिङ मेसिन जस्ता सामानको अर्डर आउँछ। यस्ता ठूला सामान त्यहाँ पुर्याउन निकै कठिन हुन्छ।
सूचना प्रविधि विज्ञ अली पनि ई–कमर्स कम्पनीले सबैभन्दा धेरै लगानी गर्नुपर्ने अवस्था रहेको बताउँछन्। उनले भने, “पेमेन्ट प्लेटफर्म चाहिने भएकाले इ–सेवामा १४ सयभन्दा बढी ई–कमर्स कम्पनी आवद्ध हुन आएका थिए। दुई तीन वर्षमा ती मध्ये औँलामा गन्न सकिने मात्रै अस्तित्वमा छन्। डेलिभरीका लागि लगानी गर्न नसकेकै कारण धेरै कम्पनी हराए।”
थापा भने अहिले नेपालको कुल रिटेल बजारमध्ये दुई प्रतिशतभन्दा कम मात्रै अनलाइन माध्यमबाट किनबेच हुने गरेको बताउँछन्। “नेपालको कूल रिटेल मार्केटको करीब १.८ प्रशितशत जति ई–कमर्सको बजार छ। तर, आगामी पाँच वर्षमा यो बजार बढेर २० प्रतिशत हिस्सा ओगट्न सफल हुन्छ।”
स्टार्टअप कम्पनीको रूपमा केही कम्पनीहरू तत्काल कुरिअर सेवा उपलब्ध गराउने गरी खुलेका भए पनि उनीहरूका समेत आफ्नै सीमितता रहेको व्यवसायीहरू बताउँछन्। धेरैजसो कम्पनी काठमाडौंकेन्द्रित छन्। डिजिटल प्लेटफर्ममा देशभरबाट अर्डर आउँछ। ती सबै ठाउँमा सामान पु¥याउन सक्ने क्षमताका कम्पनीहरू छैनन्।
दुई वर्षअघि खुलेको कुरिअर कम्पनी फास्ट मुभर्सले ई–कमर्सलाई नै सहयोग गरिरहेको छ। ई–कमर्स व्यवसायलाई फस्टाउने वातावरण दिनका लागि डेलिभरीमा सहयोग गर्ने यस्ता कैयौ कम्पनी आवश्यक पर्ने फास्ट मुभर्सकी प्रबन्ध निर्देशक रोयक्क्षा केसी बताउँछिन्।
लजिस्टिकको सुविधा, भरपर्दो अनलाइन पेमेन्ट प्लेटफर्म र ग्राहकको विश्वास जित्न सके नेपालमा ई–कमर्सको पर्याप्त सम्भावना रहेको भट्टराईले बताए।
पर्याप्त पेमेन्ट प्लेटफर्म
ई–कमर्स व्यवसाय सञ्चालनको लागि महत्त्वपूर्ण पक्ष हो, विद्युतीय भुक्तानीका माध्यम। अहिले नेपालमा ई-सेवा, खल्ती, आइएमई-पे जस्ता अनलाइन पेमेन्ट प्लेटफर्म छन्। बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई प्रोत्साहन गरिरहेका छन्। केही समययता इन्टरेनट र मोबाइल बैंकिङको प्रवद्र्धनमा बैंकहरूले लगानी बढाएका छन्। लकडाउनयता त झन् नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरूलाई विद्युतीय कारोबार बढाउन निर्देशन नै जारी गरेको छ।
लकडाउनका कारण मानिसहरू घर बाहिर निस्कन नसकिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटल कारोबार बढाउने अवसर हो। बैंकर्स एशोसिएसनका अध्यक्ष एवं सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, “ग्राहकलाई विद्युतीय कारोबारमा प्रेरित गर्न यो सबैभन्दा ठूलो अवसर हो। ग्राहकलाई विद्युतीय कारोबारमा बानी बसाल्न बैंकहरू कति सफल हुन्छन्, त्इो कुरा महत्वपूर्ण हुन्छ”, दाहालले भने।
डिजिटल भुक्तानीको माध्यम सरल, सहज र भरपर्दो बनाए ग्राहक स्वतः आकर्षित हुने भट्टराई बताउँछन्।
चाइना पोस्टको उदाहरण
चीनको सरकारी हुलाक कम्पनी हो चाइना पोस्ट। चिठी पत्र ओसारपसार यसको मुख्य व्यवसाय थियो। तर, टेलिफोन र इन्टेरनेटले सञ्चारको क्षेत्रमा कब्जा जमाएपछि चाइना पोस्टले आफ्नो काम गुमाउन थाल्यो।
कार्यलय चलाउन र कर्मचारी पाल्न धौधौ हुन थाल्यो। कम्पनीलाई जीवित राख्ने र कर्मचारी पनि कटौती नगर्ने उपायस्वरूप चाइना पोस्टले ‘लजिस्टिक सेवा’को काम शुरू गर्यो।
चीनमा सजिलैसँग ई–कमर्स फस्टाउनुको सबैभन्दा महत्त्वपूर्ण कारण नै चाइना पोस्ट हो।
नेपालमा पनि हुलाक सेवा विभागले क्रमशः आफ्नो मुख्य जिम्मेवारीको काम गुमाउँदै छ। चिठीपत्र ओसारपसारको काम मात्रै हुलाक सेवाको लागि पर्याप्त छैन। सरकार पनि हुलाक सेवालाई कसरी व्यवस्थापन गर्ने भन्ने उपायको खोजीमा छ। चाइना पोस्ट जस्तै नेपालको हुलाक सेवालाई पनि ई–कमर्स कम्पनीमार्फत् डेलिभरीको काम दिन सके डिजिटल किनबेच थप प्रभावकारी हुन सक्छ।
यसो हुँदा हुलाक सेवामा थप रोजगारी सिर्जना हुने र सरकारी आम्दानीको स्रोत समेत बढ्ने हुन सक्छ। निजी क्षेत्रले अहिले हुलाक सेवा जत्तिको सञ्जाल विस्तार गर्न ठूलो लगानी चाहिन्छ। अहिल्यै त्यति ठूलो लगानी गरेर नेपालमा लजिस्टिक कम्पनी खुलिहाल्ने अवस्था पनि छैन।
चीनमा ई–कमर्स फस्टाउन चाइना पोस्ट कोसेढुङ्गा भएजस्तै नेपाल हुलाक सेवाले नेपालको डिजिटल कारोबारलाई त्राण भर्न सक्छ।
" /> काठमाडौं। ई-कमर्समा सबैभन्दा उत्कृष्ट प्रगति गरेको चीनमा एक वर्षमा हुने कुल खुद्रा (रिटेल) व्यापारमध्ये ३६.६ प्रतिशत व्यापार अनलाइनमार्फत् हुन्छ। रिटेल इन्साइट नेटवर्कका अनुसार सन् २०१९ मा चीनमा अनलाइनमार्फत् हुने खुद्रा खरिद बिक्री २७.३ प्रतिशतले बढेर कूल १.९३५ ट्रिलियन डलर बराबरको कारोबार भएको थियो।चीनमा ई-कमर्सको सबैभन्दा ठूलो बादशाहको रूपमा चिनिन्छ, अलिबाबा ग्रुप। यसै वर्ष २०औं वार्षिकोत्सव मनाएको अलिबाबा ग्रुपले चीनमा हुने कुल ई-कमर्स व्यापारमध्ये आधाभन्दा बढी हिस्सा ओगटेको छ। सन् २०१९ मा अलिबाबा ग्रुपले चीनको कुल ई-कमर्स व्यापारमध्ये ५५.९ प्रतिशत हिस्सा ओगट्यो। अलिबाबापछि चीनमा लोकप्रिय ई-कमर्स हो, जेडी डटकम। सन् २०१९ मा जेडीले १६.७ प्रतिशत बजार हिस्सा ओगटेको रिटेल इन्साईट नेटवर्कले उल्लेख गरेको छ।

">