धार्मिक सभामा सहभागी भएर बागपत क्षेत्रमा आश्रय लिएर बसेका १७ जना विरुद्ध नै प्रहरीले त्यहाँ मुद्दा दायर गरेको एबीपी न्यूजले जनाएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई त्यहाँ आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो। तर, आज बिहानै उनी आइसोलेसन कक्षको झ्यालको सीसा तोडेर फरार भएका थिए।
उनी आइसोलेसन कक्षबाटै फरार भएपछि उनलाई नियन्त्रणमा लिन उत्तर प्रदेश प्रहरीका १० टोली परिचालन भएका थिए। करिब ६ घण्टापछि त्यहाँको प्रहरीले उनलाई खेकडा प्रहरी चौकी नजिकै रहको इँटाभट्टाबाट नियन्त्रणमा लिएको थियो।उत्तर प्रदेश प्रहरीका आईजी रेंज मेरठले भारतीय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार उनलाई नियन्त्रणमा लिएर पुनः अस्पतालमा भर्ना गरिएको छ।
यसअघि तबलीगी जमातकै धार्मिक सभामा सहभागी भएकामध्ये पर्साका ६६ वर्षीय एक वृद्धमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। हरियाणाकै एक मस्जिदमा बसिरहेका आठ जनामध्ये एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनको पनि हरियाणास्थित एक अस्पतालको आइसोलेसन कक्षमा नै उपचार भइरहेको छ।
तबलीगी जमात केन्द्रमा १ देखि १५ मार्चसम्म चलेको धार्मिक सभामा नेपालसहितका १५ विदेशी र भारतीय गरेर ४ हजारभन्दा बढी व्यक्ति सहभागी भएका थिए। अहिलेसम्म कति नेपाली सहभागी थिए भन्ने यकिन तथ्यांक नभए पनि भारतका विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका नेपालीहरुको तथ्यांकले भने धेरै संख्यामा सहभागी भएको हुनसक्ने सम्भावना देखाउँछन्।
दिल्ली प्रहरीले धार्मिक केन्द्रमै छापामा मार्ने क्रममा पक्राउ परेका २० जना नेपाली र त्यहाँकै मदरसामा अध्ययन गर्ने १३ जना विद्यार्थी भने दिल्लीमै क्वारेन्टाइनमा रहेका छन्। उनीहरूमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन।
" />धार्मिक सभामा सहभागी भएर बागपत क्षेत्रमा आश्रय लिएर बसेका १७ जना विरुद्ध नै प्रहरीले त्यहाँ मुद्दा दायर गरेको एबीपी न्यूजले जनाएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई त्यहाँ आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो। तर, आज बिहानै उनी आइसोलेसन कक्षको झ्यालको सीसा तोडेर फरार भएका थिए।

">