कोभिड-१९ : फ्रान्समा मृतक संख्या १० हजार नाघ्यो <p>पेरिस। फ्रान्समा कोभिड-१९ का कारण मृत्यु भएकाको संख्या १० हजार नाघेको छ।</p> <p>हालसम्म १० हजार तीन सय २८ जनाको मृत्यु भइसकेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका हुन्।</p> <p>बीबीसीका अनुसार तीमध्ये सात हजार ९१ जनाको मृत्यु अस्पतालमा भएको थियो भने तीन हजार दुई सय ३७ को मृत्यु केयर हाउसमा भएको हो।</p> <p>कोभिड-१९ का कारण पछिल्लो २४ घण्टामा फ्रान्समा ६ सय सात जनाको मृत्यु भएको छ। संक्रमण देखिएका ३० हजारभन्दा बढी बिरामी अस्पतालमा उपचाररत छन्। तीमध्ये सात हजारभन्दा बढीको गहन उपचार भइरहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्