ट्रम्पको आरोप : विश्‍व स्वास्थ्य संगठनले अमेरिकाबाट पैसा लिन्छ र चीनमा खर्च गर्छ <p>वासिङ्टन। अमेरिकी राष्&zwj;ट्रपति डोनाल्ड ट्रम्प आफ्ना हरेक सम्बोधनमा कसै न कसैमाथि आक्रोस पोखिरहेकै हुन्छन्। ६ अप्रिलको सम्बोधनमा उनी मलेरियाको औषधी निर्यात रोकेकामा भारतमाथि खनिएका थिए। ७ अप्रिलमा उनको निशानामा पर्&zwj;यो, विश्&zwj;व स्वास्थ्य संगठन।</p> <p>राष्&zwj;ट्रपति ट्रम्पले अमेरिकाबाट पैसा लिएर संगठनले चीनमा खर्च गर्ने गरेको आरोप मात्र लगाएनन्, त्यस्तो प्रवृत्ति नरोके आगामी दिनमा सहयोग कटौति गर्ने चेतावनी पनि दिए।</p> <p>कोभिड-१९ को उपचारमा सहयोगी देखिएको मलेरियाविरुद्धको औषधी उपलब्ध गराउन नसकेकामा उनी संगठनप्रति आक्रोसित देखिन्थे। संगठनका एक सय ९४ सदस्य राष्&zwj;ट्रमध्ये अमेरिका मुख्य दाता हो।</p> <p>उनी अफ्रिकी-अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमणलाई लिएर भने चिन्तित देखिए। र, उनीहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्&zwj;ने आश्&zwj;वासन दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्