भारतसँग सीमा जोडिएका प्रदेश १ का नाकामा सुरक्षाकर्मी थपिने

इटहरी। कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम नियन्त्रणका लागि प्रदेश १ का भारतसँगको नाकाको सुरक्षामा थप कडाई गरिने भएको छ।

भारतमा बिरामीको संख्या बढिरहेको बेला कोभिड-१९ भित्रिने सम्भावनाप्रति सावधानी अपनाउँदै आवागमन पूर्ण बन्द गराउन सीमामा सुरक्षा निगरानी बढाइने भएको हो।

मोरङ, सुनसरी र झापाका सुरक्षा निकायका प्रमुखहरूको बैठकले सीमा क्षेत्रमा हुने आवागमनलाई रोक्न र सीमाक्षेत्रमा निगरानी बढाउन सुरक्षाकर्मीको संख्या थप गर्ने निर्णय गरेको छ।

नाकामा हुने गतिविधिमा निगरानी बढाउने, भारतीय सुरक्षाकर्मीहरूसँगको समन्वयमा सूचनाहरू संकलन गरी आदानप्रदान गर्ने विषयमा छलफल भएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए।

सो छलफलमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपथ एवं सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्