११ साताको लकडाउनपछि वुहानबाट बाहिरियो पहिलो रेल <p>चीन। कोरोना भाइरस संक्रमण (कोभिड-१९) को उद्&zwj;गम स्थल चीनको वुहानको जनजीवन सामान्य बन्ने क्रममा छ।</p> <p>हुबेई प्रान्तको यो राजधानी शहर २०१९ डिसेम्बर अन्तिम सातादेखि विश्&zwj;वभरको चासोको केन्द्रमा छ। ११ साताको लकडाउनपछि पहिलो पटक आज बिहान पहिलो यात्रीवाहक रेल वुहानबाट बाहिरिएको छ।</p> <p>समाचार एजेन्सीहरूका अनुसार त्यससँगै वुहानमा लगाइएको लकडाउन पनि हटाइएको छ। ७६ दिनपछि वुहान खुला भएको छ।</p> <p>पछिल्लो २४ घण्टामा चीनमा कोभिड-१९ का ६२ नयाँ बिरामी देखिएका छन्। चीनमा कुल संक्रमित संख्या ८१ हजार आठ सय दुई पुगेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्