बेलायत र जर्मन नागरिक घर लैजान आज दुई विमान काठमाडौं आउँदै
काठमाडौं। लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिक स्वेदश फर्काउन बेलायत र जर्मनीले विमान चार्टर्ड गरेका छन्।
लकडाउनको अवधि बढेपछि यहाँ रहेका आफ्ना नागरिकलाई असहज नहोस् भनेर नेपालस्थित सम्बन्धित देशका दूतावासले एअरलिफ्टबाट उनीहरूलाई उद्धार गर्न लागेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बेलायत र जर्मनी दूतावासले छुट्टाछुट्टै दुई विमान चार्टर्ड गरेका छन्।
कतार एअरवेजको ३३० फ्लाइट नम्बरको जहाजले जर्मन नागरिक लैजानेछ।
त्यस्तै बेलायतका नागरिकको उद्धार गर्न टाइटन एअरवेजको बोइङ ७६७-३६ एन जहाजले उडान भर्नेछ।
दुवै विमानले उडान अनुमति पाइसकेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
बेलायती दुतावासले चार्टर्ड गरेको टाइटन एअरवेज १२ बजे अवतरण गर्नेछ र १ बजेर १५ मिनेटमा प्रस्थान गर्नेछ।
बेलायती दूतावासले २८ चैतका लागि पनि उक्त विमान चार्टर्ड गरेको छ।
यसअघि अमेरिका, फ्रान्स, अष्ट्रेलियालगायतका देशहरुले आफ्ना नागरिकलाई एअरलिफ्टबाट घर लगिसकेका छन्।
पर्यटन बोर्डका अनुसार लकडाउन भएदेखि ५ अप्रिलसम्म झण्डै एक हजार ६ सय विदेशी नागरिक स्वदेश फर्किएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्