कोभिड-१९ संकट : ईयूका वैज्ञानिक र अमेरिकी जलसेना प्रमुखको राजिनामा

लन्डन। कोभिड-१९ को महामारी संसारभर फैलिँदै गर्दा त्यसको प्रभाव राजनीतिक र सामाजिक क्षेत्रमा पनि देखिन थालेको छ।

युरोपियन युनियनका वैज्ञानिक र अमेरिकी जलसेना प्रमुखको राजिनामा त्यसको पछिल्लो उदाहरण हो।

कोभिड-१९ को सामना गर्न युरोपेली मुलुकहरूले अपनाएको शैलीप्रति बेखुश देखिएका युरोपियन रिसर्च काउन्सिलका अध्यक्ष प्राध्यापक माउरो फेरारीले राजिनामा दिएका हुन्।

‘म युरोपेली युनियनको ठूलो समर्थक हुँ। तर, कोभिड-१९ संकटले मेरो नजनरिया बदलिदिएको छ,’ उनले भनेका छन्, ‘म अन्तर्राष्‍ट्रिय सहयोगको आदर्श कायम राख्‍ने पक्षमा छु।’

अमेरिकी जलसेना प्रमुख थोमस मोड्ली

यसैबीच, अमेरिकी रक्षामन्त्री मार्क एस्परले जलसेना प्रमुख थोमस मोड्लीले दिएको राजिनामा स्वीकृत गरेका छन्। उनले एक जलसेना अधिकारीलाई गरेको कारवाहीका कारण रक्षामन्त्री एस्पर क्रोधित भएका थिए। ती जलसेना अधिकारीले कोभिड-१९ बाट बिरामी परेका क्रु मेम्बरलाई सहयोग गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्