हुम्ला अस्पताललाई २५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग <p>सुर्खेत । बिरामीको उपचारमा सहजताको लागि हुम्ला अस्पताललाई २५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण सहयोग गरेको छ।</p> <p>सिमकोटलगायत जिल्लाका सात स्थानीय तहका क्वारेन्टाइनमा रहेकाहरूको स्वास्थ्य परीक्षणका लागि विपत व्यवस्थापन समितिमार्फत आधार विकास नेपालले ती सामग्री हस्तान्तरण गरिएको हो।</p> <p>हिजो, २५ चैतको&nbsp; जिल्ला विपत व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईलाई सामग्री&nbsp; हस्तान्तरण गरिएको संस्थाका हुम्ला संयोजक अंजुक लामाले बताए।&nbsp; &nbsp;</p> <p>हस्तान्तरण गरिएका सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर, मल्टि फंक्सनलन मनिटर, मिनि ईसीजी, नेब्यूलाइजर, यूएसजी मेसिनलगायत छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्