गण्डकी प्रदेशमा संकलित १२४ नमूनामध्ये ७२ जनाको रिपोर्ट आयो, सबै नेगेटिभ

कास्की। गण्डकी प्रदेशमा कोराना भाइरस संक्रमणको आशंकामा १२४ जनाको नमूना संकलन गरिएको छ।

तीमध्ये परीक्षण सकिएका ७२ वटाको रिपोर्ट नेगेटिभ आएको छ।

बाँकी ५२ जनाको नमूना परीक्षण भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

कोभिड-१९ को शंका लागेमा घरबाटै चिकित्सकसँग परामर्श लिन 'हेलो डाक्टर १०९२' कार्यक्रम प्रभावकारी भएको पनि शर्माले जानकारी दिए।

उनका अनुसार हेलो डाक्टर कार्यक्रममा अहिलेसम्म ४८५ जनाले चिकित्सकसँग कोभिड-१९ बारे सोधपुछ गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्