कैलालीमा कोभिड-१९ का बिरामी भेटिएको भन्दै फेसबुकमा अफवाह फैलाउने पक्राउ <p>कैलाली। कोभिड-१९ का बिरामी भेटिएको भनी अफवाह फैलाउने टीकापुरका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>फेसबुकमार्फत् टीकापुर नगरपालिका- १ ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका- २ का पवनकुमार भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्&zwj;नेतले बताए।</p> <p>बस्&zwj;नेतका अनुसार कोभिड-१९ को जोखिमकाबीच अफवाह फैलाएर त्रास फैलाएकोले इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर कारवाही शुरू गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्