यसरी गरिरहेको छ प्रहरीले लकडाउनको अनुगमन

तस्वीरहरू : फोटो पत्रकार नरेन्द्र श्रेष्ठको फेसबुकबाट

काठमाडौं। कोभिड-१९ फैलिन नदिन सरकारले ११ चैतदेखि देशभर लकडाउन घोषणा गरेको छ। सार्वजनिक स्थलमा भीडभाड नगर्न दिएको निर्देशन बेवास्ता गर्दै हिँडडुल गर्नेहरूलाई रोक्ने सरकारी प्रयास पूर्ण सफल हुन सकेको छैन। सरकारी निर्देशन कार्यान्वयन गराउन प्रहरीले काठमाडौं उपत्यकामा ड्रोनमार्फत अनुगमन गरिरहेको छ।

प्रहरी प्रधान कार्यालयले त्यसका लागि दुईवटा ड्रोन प्रयोगमा ल्याएको छ। महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखरेल शहरभर ड्रोन उडाउँदै भीडभाडयुक्त इलाका पहिचान गर्ने गरिएको बताउँछन्।

उनका अनुसार ड्रोनमार्फत पहिचान भएका भीडभाडमा पुगेर प्रहरीले मानिसलाई तितरबितर बनाउने र अटेर गर्नेहरूलाई सम्बन्धित ठाउँमै दुई-तीन घण्टा होल्ड गर्ने गरेको छ।

‘एक सातादेखि ड्रोनबाट अनुगमन थालिएको हो,’ डीआईजी पोखरेलले भने, ‘आकाशबाट गरिएको अनुगमन प्रभावकारी देखिएको छ।’

हेर्नुस् केही तस्वीर

प्रतिक्रिया दिनुहोस्