सरकारी निर्देशन अटेर गरी भरी सिलिन्डर बेच्ने दुई ग्यास उद्योग कारबाहीमा

काठमाडौं। नेपाल आयल निगमले दुई ग्यास उद्योगको कारोबार १५ दिनका लागि रोक्का गरेको छ।

नवलपरासीको जानकी ग्यास र बाराको लियो ग्यास उद्योगलाई १५ दिनसम्म कारोबार गर्न नमिल्ने गरी कारबाही गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए।

खाना पकाउने ग्यासको अभाव टार्न निगमले नेपाल भरका ग्यास उद्योगलाई बजारमा आधा भरेको सिलिन्डरमात्र पठाउन निर्देशन दिएको थियो।

ग्यासको भरी सिलिन्डर बजार पठाए कारबाही गर्ने चेतावनी सबै ग्यास उद्योगलाई दिइएको थियो।

तर, निगमको निर्देशन नमानेर बजारमा ग्यासको भरी सिलिन्डर पठाएको पाएपछि दुई उद्योगलाई कारबाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्