कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाललाई सात दिन थुनामा राख्‍न अनुमति <p>काठमाडौं। ज्वरो नाप्&zwj;ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवाललाई सात दिन थुनामा राख्&zwj;न जिल्ला प्रशासन कार्यालय&nbsp;काठमाडौंले अनुमति दिएको छ।</p> <p>उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । महाशाखाले हिजो नै सबै कागजातसहित थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको थियो ।</p> <p>आज परिसरले प्रशासनमा हाजिर गराएको हो । र, प्रशासनले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अग्रवाल शंकर समूह, जगदम्बा स्टिल र सिमेन्टका सञ्चालक हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्