अछाम। अछामका २२६ जनामा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
नेपाली सेनाको हेलिकप्टर लिएर पुगेकाे स्वास्थ्यकर्मीको टोलीले सदरमुकाम मंगलसेन, बयालपाटा अस्पताल र कमलबजारमा गरी १९७ जना पुरुष र २९ जना महिलाको स्वाब संकलन गरेको हो
स्वास्थ्यकर्मीको टोलीले बयालपाटा अस्पतालबाट ४५ पुरुष र ६ महिला गरी ५१ जना, सदरमुकाम मंगलसैनको क्वारेन्टाइन तथा जिल्ला अस्पतालमा गरी ९० पुरुष र १७ महिलासहित १०७ जना र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा ६२ पुरुष र ६ महिलासहित ६८ जनाको नमूना संकलन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।
शंकास्पद रूपमा हेरिएका विभिन्न स्थानीय तह, क्वारेन्टाइन र जिल्ला अस्पतालमा रहेका बिरामीको स्वाब परीक्षणका लागि संकलन गरिएको मंगलसैन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर सोडारीले बताउ।
अछाममा आज र हिजो, २५ चैतमा संकलन गरिएको उक्त स्वाब काठमाडौं लगेर परीक्षण गरिने टोलीमा खटिएका भेरी अञ्चल अस्पताल बाँकेका ल्याब टेक्निसियन प्रसिद्ध ढकालले बताए।
नेपाली सेनाका दुई र तीन जना अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी गरी पाँच जनाको टोली स्वाब संकलनका लागि हेलिकप्टरसहित २५ चैतमा अछाम पुगेको थियो।
स्वाब संकलन गरेर टोली आज काठमाडौं फर्किएको छ।
भारतका विभिन्न स्थानबाट पछिल्लो धेरै नागरिक घर फर्किएकाले अछाममा पनि कोरोना भाइरस संक्रमणको त्रास फैलिएको छ।
" /> अछाम। अछामका २२६ जनामा कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको छ।नेपाली सेनाको हेलिकप्टर लिएर पुगेकाे स्वास्थ्यकर्मीको टोलीले सदरमुकाम मंगलसेन, बयालपाटा अस्पताल र कमलबजारमा गरी १९७ जना पुरुष र २९ जना महिलाको स्वाब संकलन गरेको हो

">