पुनर्बीमा कम्पनीको साधारण शेयर बाँडफाँड

काठमाडाैं। लकडाउनको समयमा पनि केही काम नियमितरूपमा भइरहेका छन्।

सरकारले गरेको आग्रहअनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार पारिरहेको छ।

यसै क्रममा पुनर्बीमा कम्पनीको साधारण सेयर (आईपीओ) को आज बाँडफाँड भएको छ। कम्पनीको आईपीओमा आवेदन दिएका कूल तीन लाख ९० हजार ६३८ जना आवेदकलाई आज शेयर बाँडफाँड गरेको हो।

कम्पनीले केही दिन पहिले एक अर्ब ६० करोड रूपैययाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो। कम्पनीको आईपीओमा ४० कित्ताभन्दा कम आवेदन भरेका सबैलाई मागअनुसार नै शेयर उपलब्ध गराइएको छ।

त्यस्तै कूल ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई न्यूनतम ४० कित्ता शेयर पाएका छन्। यस्तै कूल ७७ हजार २४५ जनाले थप १० कित्ता शेयर पाएका छन्।

कम्पनीको शेयरमा कूल २७ हजार ७४८ जनाले १० कित्ताका लागि आवेदन दिएका थिए। यस्तै २० कित्ताको लागि १५ हजार ५९० जना र ३० कित्ताको लागि १२ हजार ७२३ जनाले आवेदन दिएका थिए।

कूल ४० कित्ताको लागि २० हजार ९२९ जनाको आवेदन परेको थियो। त्यस्तै ५० कित्तादेखि १० हजारकित्तासम्म आवेदन दिने तीन लाख १३ हजार ६४८ जनामा ७७ हजार २४५ लाई गोलाप्रथाबाट शेयर दिइएको छ।

प्रतिक्रिया दिनुहोस्