काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ परीक्षणको दायरा बढाउन तीन ठूला शहरमा धेरै संख्यामा परीक्षण गर्न सक्ने आरटीपीसीआर मेशिन जडान शुरू गरेको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले तीन स्थानमा ठूला मेशिन जडानको काम भइरहेको जानकारी दिए।
“परीक्षणको दायरालाई वृद्धि गर्न आजदेखि धनगढी, नेपालगञ्ज र पोखरामा ठूला मेशिनको जडान भइरहेको छ”, प्रवक्ता डा. देवकोटाले भने, “भोलिदेखि नै ती मेशिनबाट परीक्षण शुरू हुनेछ।”
तीनवटै स्थानमा नेपाली सेनाको स्काइ ट्रकबाट मेशिन आज बिहान पठाइएको थियो। मन्त्रालयका अनुसार यसअघिको पोर्टेबल पीसीआर मेशिनको परीक्षण गर्ने क्षमता कम थियो।
अहिले तीनवटा स्थानमा जडान भइरहेको मेशिनले ३ घण्टाको फरकमा एकैजोटी ९६ नमूना परीक्षण गर्न सक्छ। मन्त्रालयले अब देशका सबैजसो ठाउँमा द्रूत गतिमा नमूना संकलन गर्ने योजना अनुरूप मेशिन जडान र परीक्षणको काम भइरहेको जनाएको छ।
आजसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ९६५ र उपत्यका बाहिर ४०१ गरेर दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ।
आज मात्रै १८० वटा परीक्षण भइरहेको छ। तीनको रिपोर्ट आउन बाँकी छ। कैलाली र कञ्चनपुरमा स्वास्थ्यकर्मीको टोलीले हिजो २५ चैतमा र्‍यापीड किट र स्वाबको नमूना परीक्षणका लागि १९८ नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ।
हिजो मात्रै अछाम, जुम्ला, सुर्खेत लगायतका जिल्लाबाट पीसीआर टेस्टका लागि ८०२ स्वाबको नमूना संकलन गरेर काठमाडौं ल्याइएको छ।
डोटीको दिपालयमा आज बिहानदेखि नमूना संकलनको काम भइरहेको छ। त्यहाँ ३०० नमूना संकलन गर्ने मन्त्रालयको लक्ष्य रहेको छ।
आइसोलेसनमा उपत्यकामा १२ जना र बाहिर १२२ रहेका छन्। आजसम्म देशैभर क्वारेन्टाइनमा आठ हजार ५८० रहेका छन्। आइसोलेसनमा रहेका ८ जना बिरामीकै ट्रेसिङको सबै काम सकिएको मन्त्रालयले जनाएको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ परीक्षणको दायरा बढाउन तीन ठूला शहरमा धेरै संख्यामा परीक्षण गर्न सक्ने आरटीपीसीआर मेशिन जडान शुरू गरेको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले तीन स्थानमा ठूला मेशिन जडानको काम भइरहेको जानकारी दिए।
“परीक्षणको दायरालाई वृद्धि गर्न आजदेखि धनगढी, नेपालगञ्ज र पोखरामा ठूला मेशिनको जडान भइरहेको छ”, प्रवक्ता डा. देवकोटाले भने, “भोलिदेखि नै ती मेशिनबाट परीक्षण शुरू हुनेछ।”
तीनवटै स्थानमा नेपाली सेनाको स्काइ ट्रकबाट मेशिन आज बिहान पठाइएको थियो। मन्त्रालयका अनुसार यसअघिको पोर्टेबल पीसीआर मेशिनको परीक्षण गर्ने क्षमता कम थियो।
अहिले तीनवटा स्थानमा जडान भइरहेको मेशिनले ३ घण्टाको फरकमा एकैजोटी ९६ नमूना परीक्षण गर्न सक्छ। मन्त्रालयले अब देशका सबैजसो ठाउँमा द्रूत गतिमा नमूना संकलन गर्ने योजना अनुरूप मेशिन जडान र परीक्षणको काम भइरहेको जनाएको छ।
आजसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ९६५ र उपत्यका बाहिर ४०१ गरेर दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ।
आज मात्रै १८० वटा परीक्षण भइरहेको छ। तीनको रिपोर्ट आउन बाँकी छ। कैलाली र कञ्चनपुरमा स्वास्थ्यकर्मीको टोलीले हिजो २५ चैतमा र्‍यापीड किट र स्वाबको नमूना परीक्षणका लागि १९८ नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ।
हिजो मात्रै अछाम, जुम्ला, सुर्खेत लगायतका जिल्लाबाट पीसीआर टेस्टका लागि ८०२ स्वाबको नमूना संकलन गरेर काठमाडौं ल्याइएको छ।
डोटीको दिपालयमा आज बिहानदेखि नमूना संकलनको काम भइरहेको छ। त्यहाँ ३०० नमूना संकलन गर्ने मन्त्रालयको लक्ष्य रहेको छ।
आइसोलेसनमा उपत्यकामा १२ जना र बाहिर १२२ रहेका छन्। आजसम्म देशैभर क्वारेन्टाइनमा आठ हजार ५८० रहेका छन्। आइसोलेसनमा रहेका ८ जना बिरामीकै ट्रेसिङको सबै काम सकिएको मन्त्रालयले जनाएको छ।
"> परीक्षणको दायरा बढाउन धनगढी, नेपालगञ्ज र पोखरामा आरटीपीसीआर मेशिन जडान हुँदै: Dekhapadhi
परीक्षणको दायरा बढाउन धनगढी, नेपालगञ्ज र पोखरामा आरटीपीसीआर मेशिन जडान हुँदै
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ परीक्षणको दायरा बढाउन तीन ठूला शहरमा धेरै संख्यामा परीक्षण गर्न सक्ने आरटीपीसीआर मेशिन जडान शुरू गरेको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले तीन स्थानमा ठूला मेशिन जडानको काम भइरहेको जानकारी दिए।
“परीक्षणको दायरालाई वृद्धि गर्न आजदेखि धनगढी, नेपालगञ्ज र पोखरामा ठूला मेशिनको जडान भइरहेको छ”, प्रवक्ता डा. देवकोटाले भने, “भोलिदेखि नै ती मेशिनबाट परीक्षण शुरू हुनेछ।”
तीनवटै स्थानमा नेपाली सेनाको स्काइ ट्रकबाट मेशिन आज बिहान पठाइएको थियो। मन्त्रालयका अनुसार यसअघिको पोर्टेबल पीसीआर मेशिनको परीक्षण गर्ने क्षमता कम थियो।
अहिले तीनवटा स्थानमा जडान भइरहेको मेशिनले ३ घण्टाको फरकमा एकैजोटी ९६ नमूना परीक्षण गर्न सक्छ। मन्त्रालयले अब देशका सबैजसो ठाउँमा द्रूत गतिमा नमूना संकलन गर्ने योजना अनुरूप मेशिन जडान र परीक्षणको काम भइरहेको जनाएको छ।
आजसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ९६५ र उपत्यका बाहिर ४०१ गरेर दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ।
हिजो मात्रै अछाम, जुम्ला, सुर्खेत लगायतका जिल्लाबाट पीसीआर टेस्टका लागि ८०२ स्वाबको नमूना संकलन गरेर काठमाडौं ल्याइएको छ।
डोटीको दिपालयमा आज बिहानदेखि नमूना संकलनको काम भइरहेको छ। त्यहाँ ३०० नमूना संकलन गर्ने मन्त्रालयको लक्ष्य रहेको छ।
आइसोलेसनमा उपत्यकामा १२ जना र बाहिर १२२ रहेका छन्। आजसम्म देशैभर क्वारेन्टाइनमा आठ हजार ५८० रहेका छन्। आइसोलेसनमा रहेका ८ जना बिरामीकै ट्रेसिङको सबै काम सकिएको मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्